राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका गोबिन्दपुर मलहनमा २ का २२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो ३ बजे मृत्यु भएको हो ।
स्वास प्रश्वासमा समस्या हुनुको साथै अत्यधिक खोकी र ज्वरो आउनुको साथै उनी लागुऔषध प्रयोगकर्ता पनि रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
गत भदौ २ गते मेडिकल वार्डमा भर्ना भएका उनको स्वास्थ्यमा समस्या आएपछि आइसियुमा राखेर उपचार गरिँदै आएको थियो । उनको रिपोर्ट आइतबार कोरोना पोजेटिभ आएको थियो । उनमा कोरोना पोजेटिभ देखिएपछि राति नै कोभिड १९ अस्पतालको आइसियुमा रेफर गरिएको थियो । आइसियुमा उपचारको क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
यो संगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।









