उदयपुर । उदयपुरमा गत शुक्रबार राति १०ः३० बजे धारिलो हतियार खुकुरी प्रहारबाट दुई जना घाइते बनाएको आरोपमा रौतामाई गाउँपालिका ७ पाखा टोलका खम्बे भन्ने नविन परियार आइतबार विहान ५ बजे खुकरी सहित पक्राउ परेको छ ।
छोराले धारिलो हतियार खुकुरी प्रहारबाट रौतामाई गाउँपालिका ७ पाखा टोलका बुवा गंगाबहादुर परियार र त्रियुगा नगरपालिका ७ का कुभिण्डेका पाहुना ५५ वर्षिय जुद्ध (काजी) खपाङ्गी मगरलाई घाइते भएका थिए ।
विशेष सूचनाका आधारमा खुकुरी प्रहार गर्ने छोरा नविनलाई रौतामाई गाउँपालिका ७ पाखा टोल घरबाटै खुकुरी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम दाहालले जानकारी दिए ।
खुकुरी प्रहार गरेर भागेपनि शनिबार राति कपडा लिन आएको सूचनाको आधारमा उनलाई आइतबार विहानै घरबाटै पक्राउ गरिएको एसपी दाहालले जानकारी दिए ।
छोरोको खुकुरी प्रहारबाट बाबुको टाउको, घाटीमा चोट पटक लागेको छ भने पाहुनाको गद्र्धनमा चोट पटक लागेको छ । दुवै घाइतेलाई विराटनगरको गोल्डेन हस्पिटलमा उपचार भईरहेको छ । घाइते परियारको अवस्था गम्भिर रहेकोले आइसियुमा उपचार भईरहेको एसपी दाहालले बताए ।









