उदयपुर । उदयपुरमा शुक्रबार अन्दाजी १०ः३० बजे धारिलो हतियार खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् । रौतामाई गाउँपालिका ७ पाखा टोलमा छोराले खुकुरी प्रहार गर्दा बाबु र पाहुना घाइते भएका छन् ।
छोरा खम्ब भन्ने नविन परियारको धारिलो हतियार खुकुरी प्रहार गरी बाबु गंगाबहादुर परियार र त्रियुगा नगरपालिका ७ का कुभिण्डेका पाहुना ५५ वर्षिय जुद्ध (काजी) खपाङ्गी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम दाहालले बताए ।
छोरोको खुकुरी प्रहारबाट बाबुको टाउको, घाटीमा चोट पटक लागेको छ भने पाहुनाको गद्र्धनमा चोट पटक लागेको छ ।
दुवै घाइतेलाई विराटनगरको गोल्डेन हस्पिटलमा उपचार भईरहेको एसपी दाहालले बताए । घाइते परियारको अवस्था गम्भिर रहेको एसपी दाहालले बताए ।
खुकुरी प्रहार गर्ने छोरा जंगल तिर भागेकोले खोजी कार्य जारी राखेको एसपी दाहालले जानकारी दिए ।
उपचारको लागि स्थानीयहरुसँग चन्दा संकलन गरेको पठाएको पीडितका अर्का छोरा दिल बहादुर परियारले बताए । उनका अनुसार घरमा पाहुना भन्ने धामी वस्न आएका थिए ।









