उदयपुर । उदयपुरमा विभिन्न ब्राण्डका मोबाइल चोरीको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा २३ वर्षिय विशाल परियार, अर्का २३ वर्षिय अंचल भुजेल र १९ वर्षिय संदेश भुजेल रहेका छन् ।
उनीहरु सवै त्रियुगा नगरपालिका १० का युवाहरु हुन् ।
उनीहरुलाई विशेष टोलीले जिल्लाको विभिन्न स्थानबाट मोबाइल सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भईरहेको एसपीले जानकारी दिए ।
यस्तै चोरी भई फेला पारेको ६ जनाको मोबाइल एसपी दाहालले मोबाइल धनीलाई फिर्ता गरेको छ । 
त्रियुगा नगरपालिका ३ का अर्जुन राईको सामसुङ जेफोर, त्रियुगा नपा ८ की स्वस्तिमा अधिकारीको सामसुङ एसटेन, त्रियुगा नपा ११ की सिता खड्काको सामसुङ एसअइट प्लस, त्रियुगा नपा १० की उषा कटुवालको हुवाइवे, त्रियुगा नपा १७ का टेकबहादुर राईको सामसुङ एमटेन र त्रियुगा नपा १० की तारा कुमारी बुढाथोकीको सामसुङ जेफोर मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाइएको एसपी दाहालले जानकारी दिए ।









