डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो । अब काठमाडौंमा डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंया कायम भएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैंयामा यथावत छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएक...













