उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा पहिलो चोटी दुई महिलामा कोरोना पोजिटिभ देखिएको छ । रौतामाई गाउँपालिका ७ को क्वारेन्टाइनमा रहेकी ४० र ४६ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो ।
असोज २२ गते मुर्कुचीमा लिएको १४ जनाको स्वाब मध्ये दुई जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनीहरुलाई प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय अन्तर्गत स्थापित प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले कोरोना पुष्टि गरेको सुवेदीले जानकारी दिए ।
सोमबार मात्रै चौदण्डीगढी नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टरमा कोरोना संक्रमण पुष्टी भएको थियो । डाक्टरमा कोरोना देखिएपछि मंगलबारबाट ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए । उनका अनुसार अर्को सूचना जारी नभई१जेलसम्मका लागि प्राथमिक स्वास्थ्य चौकीबाट प्रदान गर्दै आएको प्रसूति र इमरजेन्सी सेवाबाहेक अन्य सेवा बन्द हुने बताए ।
डाक्टरको सम्पर्कमा रहेका अन्यलाई प्रास्वा केन्द्रको क्वाटरहरुमै होम क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाईएको मेयर राईले जानकारी दिए । चौदण्डीगढी नगरपालिका ६ सातघारेको उदयपुर कोभिड १९ अस्पतालमा बेड नभएकोले तत्काललाई संक्रमित डाक्टरलाई उनकै क्वाटरमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको मेयर राईले जानकारी दिए ।
उदयपुरमा कोरोना संक्रमितको संख्या ४६ महिलासहित १ सय ५८ पुग्यो । हालसम्म त्रियुगा नगरपालिकामा ७६ जना, बेलका नगरपालिकामा ५१ जना, कटारी नगरपालिकामा २० जना, चौदण्डीगढी नगरपालिकामा ४ जना, ताप्ली गाउँपालिकामा ३ जना, उदयपुरगढी र रौतामाई गाउँपालिकामा २÷२ जनामा कोरोना पुष्टी भएको छ । यस्तै लिम्चुङबुङ गाउँपालिकामा अहिलेसम्म एक जनामा पनि कोरोना देखिएको छैन् ।
कोरोना भाइरसबाट उदयपुरको रौतामाई गाउँपालिका पनि अछुतो हुन सकेन । संक्रमित सवैलाई रौतामाईले चाँडै निको पारुन

तपाईको प्रतिक्रिया