उदयपुर । उदयपुरको बेलका नगरपालिकामा वडा सदस्य सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दुई महिला र एक पुरुष गरि तीन जना संक्रमित भएको हो ।
असोज २२ गते ३२ जनाको स्वाब संकलन गरेको मध्ये २४ जनाको रिर्पोट आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनका अनुसार रिर्पोट आएको मध्ये ४० वर्षिय पुरुष र २० युवती र २४ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरुको सामाजिक मन्त्रालय प्रादेशिक जनसंख्या प्रयोगशाला विराटनगरले संक्रमण पुष्टी गरेको हो ।
बेलका नगरपालिका ९ का ४० वर्षिय पुरुष वडा सदस्य हुन् । यस्तै २० वर्षिय युवती उपमेयरका  सहयोगी हुन् । यस्तै २४ वर्षिय महिला शहरी स्वास्थ्य क्लिनिक आम्बासीमा कार्यरत स्वास्थ्यकर्मीका श्रीमति हुन् । श्रीमानको कन्ट्राक्ट ट्रेसिङको आधारमा उनी संक्रमण पुष्टी भएकी हुन् ।

तपाईको प्रतिक्रिया