उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ६ स्थित बेल्टार स्वास्थ्य चौकीका २६ वर्षिय डाक्टरलाई कोरोना पोजिटिभ देखिएको छ । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले कोरोना संक्रमण पुष्टि गरेको स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । तीन दिन अघि काठमाडौंबाट आएर सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।
यस्तै जिल्ला अस्पताल गाईघाटका डाक्टर सहित १५ जना स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ अाएको छ ।
उदयपुरमा कोरोना संक्रमितको संख्या ४४ महिला सहित १ सय ५६ जना पुगेको छ ।









