उदयपुर । उदयपुरमा २० वर्ष अघि जबरजस्ती करणी गरि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिक त्रियुगा नगरपालिकाको वडा २ हाल ११ का ४८ बर्सिय शेक्पा भनिने रामसेबक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अभियुक्तलाई उदयपुरगढी गाउँपालिका १ बाहुनीटारबाट बुधबार पक्राउ गरिएको हो । पक्राउ अभियुक्त २० बर्ष अघि २२ बर्षिय महिलालाइै जबरजस्ती करणी गरि फरार रहेकोलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । फरार अभियुक्तलाई जिल्ला अदालत उदयपुरबाट ३ बर्ष कैद सजाएको फैसला भएको थियो ।
पक्राउ अभियुक्तलाई फैसला कार्यन्वएनको लागि जिल्ला अदालत उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।









