लागूऔषध तस्करी : इन्सपेक्टर शाही र पाइलट शेरचन पुर्पक्षका लागि थुनामा
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले लागूऔषध तस्करीको कारोबारमा संलग्न नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) र नेपाल एयरलाइन्सका पूर्वपाइलटलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।
अपराधमा संलग्न भएको पुष्टि गर्दै अदालतले इन्स्पेक्टर रुद्र बहादुर शाही र पाइलट भुपेन शेरचनलाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको हो । इन्सपेक्टर शाही महानगरीय प्रहरी परिसर ललितपुरको अपरेशन शाखामा कार...













