उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ सय ४० पुग्यो
उदयपुर । उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ५ वर्षिय बालिका देखि ५५ वर्षिय उमेर समूहका रहेका छन् । संक्रमित मध्ये बेलका नगरपालिकामा १० जना, त्रियुगा नगरपालिकामा ३ जना, चौदण्डीगढी नगरपालिकामा एक जना र पालिका नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना संक्रमण भएपछि मेयर लगायत अन्य कर्मचारीहरुको कन्ट्राक्ट ट्रेसिङमा रहेका २९ जनाको स्वाब...













