सिन्धुली । दुधौली नगरपालिकामा मंगलबार २७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । सेन्चुरी बैंकका ५ जना कर्मचारी र संघिय सांसद गणेश कुमार पहाडीको सम्पर्क आएका २२ जना र क्वारेन्टाईनमा रहेका अन्य ५ जना गरि २७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
संक्रमित हुनेमा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, नेकपा बाग्मति प्रदेश सदस्य डम्बर बहादुर कार्की समेत २७ जना रहेका छन ।
यसरी कोभिड संक्रमण देखिनेमा ७ महिला र १९ जना पुरुष रहेका छन । दुधौली नगरपालिकामा कन्ट्याक ट्रेसिङमा धेरै जनामा संक्रमण देखिएपछि जिल्लामा आपतकालिन कार्ययोजना कार्यान्वयनमा जिल्ला विपद व्यवस्थापन समितिले समेत एक्सनमा जान सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।









