लहान । सिरहामा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । विष्णुपुर गाउँपालिका ५ बाट २३ वर्षीय युवक फक्राउ परेका हुन् ।
स्थानीय पाँच वर्षकी बालिकालाई उनले जबर्जस्ती करणी गर्न खोजेको आरोप लगाइएको छ । बालिकाले युवालाई धकेलेर त्यहाँबाट भागेको र प्रहरीलाई बालिकाका परिवारले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको छ ।
पक्राउ परेका युवकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









