उदयपुरमा स्कारपिओको ब्रेक फेल हुँदा दुर्घटना : पाँचको घटनास्थलमै मृत्यु, तीन घाइते
उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।
भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.च.७१७१ नम्बरको स्कारपियो राती १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन। जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमकाअनुसा...












