उदयपुर । उदयपुरको कटारी नगरपालिका ३ नं. वडा कार्यलय परिसरमा बेवारिसे शव फेला परेको छ । मंगलबार दिउँसो उक्त बेवारिसे शव फेला परेको हो ।
बेवारिसे शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । शव फेला परेको सूचना पाउने वित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो । मृतकको पहिचान भने खुल्न नसकेको डिएसपी भण्डारीले बताए । उनका अनुसार लास अन्दाजी ५५÷६० वर्षको पुरुषको रहेको प्रहरीले जनाएको छ ।
लासलाई पोस्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको प्रहरीले जानकारी दिए । घटनाबारे छानविन अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया