राजेन्द्र महतो, लहान । सिरहामा एक छोराले आमाको घाँटी थिचेर हत्या गरेका छन् । कर्जन्हा नगरपालिकिा ३ खैराटोलका ४७ वर्षीय रामअवतार साह सोनारले ८५ वर्षिय आफ्नै आमा सुदामा देवी साहलाई घाँटी थिचेर हत्या गरेका हुन् ।
गत मंगलबार बेलुका घरायसी विवादका क्रममा छोराले आमालाई घाँटी थिच्दा घाईते बनाएकी थिइन । घाईते सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराईए पनि सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याईकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाकासूचना अधिकारी एवम् डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।
छोरा राम अवतारलाई आवश्यक कारवाहीको लागि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । रामअवतारले आफ्नै आमालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमुत्र खुवाउने प्रयास गरेको समेत स्थानीयवासीले बताएका छन् ।









