उदयपुर । उदयपुरका एक विरामी उपचारको क्रममा नोवेल मेडिकल कलेज विराटनगरमै कोरोना संक्रमित भएका छन् । चौदण्डीगढी नगरपालिका ६ का ४८ वर्षिय पुरुषको हात खुट्टा सुनिएपछि कात्तिक १ गते उपचारको लागि हस्पिटल लगिएको थियो ।
विरामीलाई नोवेल मेडिकल कलेजमा चेक जाँच गराउँदा किड्नीमा समस्या देखियो तर कोरोना संक्रमण देखिएन् । दुवै किडनी खराब भएपछि डाइलोसिस गर्नु पर्ने भयो । डाइलोसिस गरेर कात्तिक ५ गते घर डिस्चार्ज भएर घर आई पुगेका थिए ।
त्यसपछि कात्तिक १० गते राति एक्कासी स्वाशप्रश्वासमा समस्या आएपछि रातारात नोवेल हस्पिटल लगेर पुनः डाइलोसिस गरियो । त्यसको भोलिपल्ट एक्सरे गरेर हेर्दा फोक्सो ड्यामेज भईसकेको र तत्कालै कोरोना चेकजाँच गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि थप उपचारको लागि कोशी कोभिड १९ अस्पताल रेफर गरेको भतिजी अन्जनाले बताईन् ।
विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्तिक १२ गते केन्द्रमा भर्ना गरिएका विरामी सोमबार राती १२ बजे मृत्यु भएको केन्द्रका ब्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
यता विरामीको परिवारमा कसैमा पनि कोरोना संक्रमण नदेखिएको मृतकका भतिजी अन्जनाले बताईन् । उनका अनुसार काकामा कोरोना संक्रमण पुष्टि भएपछि हाम्रो परिवार होम आइसोलेशनमा बसेको र कसैमा पनि लक्ष्ण देखिएन् । बढी स्यहार सुसार गर्ने छोरी मेघालाई कात्तिक १५ गते कोरोना टेष्ट गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको बताईन् । उनका अनुसार काकालाई नोवेल मेडिकल कलेज विराटनगरका डाक्टर वा नर्सहरुबाट संक्रमण सरेको उनको आरोप रहेको छ । उनका अनुसार डाक्टर र नर्सले प्रयोग गर्ने सामग्रीबाट कोरोना सरेको हुन सक्ने बताईन् । 
यस अघि भदौं ३० गते त्रियुगा नगरपालिका ११ हिमाली टोलीकी एक २२ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको थियो । उनी नोवेल मेडिकल कलेज विराटनगरमा सुत्केरी हुन गएकी समयमा कोरोना संक्रमण देखियो । सुत्केरी परिवारमा कसैलाई पनि कोरोना नदेखिएको ससुरा तुलबहादुरले बताए । उनका अनुसार सुत्केरी बुहारी नोवेल मेडिकल कलेज विराटनगरमै उपचारको क्रममा संक्रमण भएको बताए । यसले के पुष्टी गर्द भने केही प्रतिशत विरामी भएर जानेहरु अस्पतालमै संक्रमण हुने गरेको देखाउँछ ।
सरुवा रोगहरु कहिले काही डाक्टर र नर्सले प्रयोग गर्ने ग्लोब, थर्ममिटर, प्रेसर नाप्ने मेसिन लगायतको औजारले पनि सरेको हुन सक्ने अवस्था रहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । ‘डाक्टर र नर्सहरुमा कोरोना नभएपनि उनीहरुले प्रयोग गर्ने सामग्री कतिको सुरक्षित छ भन्नेमा रोग सर्ने वा नसर्नेमा भर पर्छ ।’ उनले भने, ‘एक विरामीको लागि एक ग्लोब आवश्यक पर्छ तर एउटै ग्लोब प्रयोग गरेर कैयौ विरामीलाई पनि डाक्टर नर्सहरुले विरामी हेरेको देखिन्छ । जसले गर्दा कोरोना सरेको हुन सक्छ ।’









