उदयपुरमा लागूऔषध सहित चार जना पक्राउ
उदयपुर । उदयपुरमा आइतबार लागूऔषध सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का २० वर्षिय रमेश देउजा, २५ वर्षिय दिनेश पराजुली, १९ वर्षिय अमर कार्की र २४ वर्षिय आदेश ओझा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले चेकजाँचको क्रममा साकेला टोलबाट उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुको साथबाट फेनारगन ३ एम्पुल, डाईजोल्याप ३ एम्पुल, नोफिन ३ एम्पुल सहित पक्र...













