राजेन्द्र महतो, लहान । सिरहा र सप्तरीको सिमाना बलान खोला छेउबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा अबैध लागू पदार्थ गाँजा बरामद गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी अवैध गाँजा बरामद गरेको सार्वजनिक गरेको हो ।
बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहा सप्तरीका सशस्त्र प्रहरी निरिक्षक निरंजन राज कार्कीको नेतृत्वमा खटिएको टोलिले सुरङ्गा नगरपालिका–७ हरिपुर चकदह नजिक रहेको बलान खोलाको छेऊबाट तयारी अबस्थामा राखिएको एक सय केजी गाँजा बरामद गरेको हो । प्रहरी आएको सूचना थाहा पाएपछि गाँजा तस्करहरु गाँजाको बोरा फालेर फरार भएको र गाँजा तरस्करलाई खोज तलासी गरिरहेको पत्रकार सम्मेलनमा बताए ।









