फाइल तस्विर

उदयपुर । उदयपुरमा अवैध काठ सहित एक ट्याक्टर पक्राउ परेको छ । त्रियुगा नगरपालिका ७ नमुना चौक र चुहाडे चौकको विच भाग काली खोलाबाट सखुवाको चिरान (बटम) लोड गरि ल्याउँदै गरेको काठ सहित स. १ त ६५०५ नम्बरको ट्याक्टर पक्राउ परेको छ ।
अस्थायी प्रहरी पोष्ट चुहाडेको गस्ती टोलीलाई देख्नासाथ ट्याक्टर चालक, अन्य मानिसहरु फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेको काठ र ट्याक्टर डिभिजन वन कार्यालय गाईघाटमा बुझाइएको प्रहरीले जानकारी दिए ।
यस्तै उदयपुरगढी गाउँपालिका ७, त्रियुगा नगरपालिका ७, ८ र ९ नम्बर वडाहरुमा अत्याधिक मात्रामा काठ चोरी निकासी हुने गरेको स्थानीयहरुको गुनासो बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया