
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा योजनाहरुको सम्झौता सकिन्नै लाग्दा ठेक्का तथा समितिमार्फत धमाधम भुप्तानी भैरहेको समयमा आर्थिक वर्ष २०७५÷०७६ को पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । पूर्व योजना तर्जुमा गोष्ठीमा नगरपालिकाका सरोकारबालाहरुको उपस्थित रहेको थियो । कार्यक्रमको अध्यक्षता त्रियुगा नगरपालिकाको उपमेयर देवी कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन त्रियुगा नगरपालिकाका योजना शाखा प्रमुख तथा सुचना अधिकारी विश्वजीत राईले गरेका थिए ।

व्यानरको विषयमा त्रियुगा नगरपालिकाका सूचना अधिकारी विश्वजीत राईलाई सम्पर्क गर्दा उनले मोबाइल उठाएन भने उपमेयर देवी कुमारी चौधरीका अनुसार व्यानरमा आर्थिक वर्ष २०७६÷७७ को पूर्व योजना गोष्ठी हुनु पर्नेमा कर्मचारीहरुको लापरवाहीले गर्दा जनप्रतिनिधिलाई पनि गिज्याएको बताईन् । उनले भनिन् ‘कार्यक्रम कहिले गर्ने ? कहाँ गर्ने ? त्यसको बारे सामान्य जानकारी हामीलाई दिइन्छ तर, व्यानरमा के लेख्ने, नलेख्ने त्यो त कर्मचारीहरुले गर्ने हो ? सवै हामीले भनेर साध्य हुँदैन् ।’









