राजेन्द्र महतो, धनुषा । हुलाक कार्यालय जनकपुरमा बुधबार धर्नामा बसेका सप्तरीका एक दर्जन बढी सञ्चारकर्मीलाई प्रहरीले बल प्रयोग गरि पक्राउ गरेको छ ।
पत्र–पत्रिकालाई प्रदान गरिदै आएको लोक कल्याणकारी विज्ञापन वापतको पैसा कटौती गरिएकोप्रति विरोध जनाउँदै धर्ना बसेका सप्तरीका संचारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरी सबै संचारकर्मीलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाइएको छ ।
स्थानीय पत्र–पत्रिकालाई बन्द गराउने नियतले १० महिनापछि विज्ञापन वापतको रकम प्रदान गरिएपनि अधिकांश पत्रिकाको ४०–७० प्रतिशत रकम कटौती गरिएको पक्राउ परेका सप्तरीका पत्रकार श्यामसुन्दर यादबले आरोप लगाएका छन् ।
रकम कटौती गरिएको विषयमा सरकार मातहतका जिम्मेवार निकायहरुलाई जानकारी गराएपनि सुनुवाई नभएपछि वाध्य भएर धर्ना बस्नुपर्ने अवस्था आएको र धर्ना बस्दा प्रहरीले पक्राउ गरेको उनीहरुले बताएका छन्

तपाईको प्रतिक्रिया