फाइल तस्विर

उदयपुर । उदयपुरको अधिकांश नदीनालामा ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन, सङ्कलन र बिक्री कार्यमा कानूनले तोकेको मापदण्डको ठाडो उल्लंघन भईरहेको छ । कानूनी प्रावधानको उल्लंघन गर्ने दुई जेसिवी र दुई ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
“त्रियुगा, बरुवा, बलान, ककरु, द्वार खोला, तावा खोला, वैद्यनाथ खोला, लामा खोला लगायतका खोलाहरु दिनदिनै नियम विपरित दोहन भैरहेको छ । प्रहरीले त्रियुगा नगरपालिका ३ त्रियुगा खोला र त्रियुगा नगरपालिका १३ बरुवा खोलाबाट ज.१त ५३५ र बा.२ क ८४८१ नम्बरको जेसिवी पक्राउ गरेको छ । यस्तै ना. ३ त ७०१५ र स. १ त ७१९८ नम्बरको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार सार्वजनिक पुललाई हानी नोक्सानी हुनेगरी गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिवी र ट्याक्टरलाई नियन्त्रणमा लिनु परेको बताए । उनका अनुसार अवैध रुपमा गिट्टी बालुवा जिल्ला बाहिर समेत जाने गरेको सूचना प्राप्त भएकोले यसको लागि निगरानी बढाईएको समेत जानकारी दिए ।
नियम विपरित उदयपुरको ढुंगा, गिट्टी बालुवा सुनसरीको साथै सिरहा, सप्तरी र धनुषाको नगरपालिका तथा गाउँपालिकाको साथै हुलाकी सडक आयोजनामा समेत अवैध रुपमा निकासी भैरहेको उदयपुरगढी गाउँपालिका ७ का एक स्थानीयले बताए । उनका अनुसार अवैध रुपमा नियम विपरित जिल्ला बाहिर ढुंगा, गिट्टी, बालुवा निकासी हुँदा पनि सम्बन्धित निकायहरु मौन रहेको बताए ।

तपाईको प्रतिक्रिया