फाइल तस्विर

उदयपुर । उदयपुरमा टिप्पर दुर्घटनामा एक जनाको ज्यान गएको छ । आइतबार साढे नौ बजे राति कटारी नगरपालिका ११ सिद्धिचरण राजमार्ग घुर्मीबाट कटारी आउँदै गरको बा . ३ ख ४१३० नम्बरको टिप्पर आफै अनियन्त्रित भैई चालकको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोलु नेता घर भएको अन्दाजी २२ वर्षिय सुजन भण्डारीको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरीका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार टिप्पर सडकबाट अन्दाजी १ किलो मिटर तल खसेको थियो । मृतकको लाश अन्दाजी ९ सय मिटर तल अडकिएको थियो । टिप्पर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयको टोलीले सोमबार साँझ ४ बजेको समयमा कटारी अस्पताल ल्याई पुर्याएर मृतकको लाश शवगृहमामा राखिएको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया