बलात्कारीलाई सुईमार्फत नपुंसक बनाइने
एजेन्सी । अमेरिकाको अल्बामा राज्यमा बलात्कारीलाई सजायस्वरुप जेलसँगै नपुसंक बनाउने सुई दिइने विधेयक पारित भएको छ ।अल्बामा राज्यका गभर्नर काय इवेले मंगलबार यस्तो विधेयकमा हस्ताक्षर गरेकी हुन् ।
विधेयकमा १३ वर्षभन्दा कम उमेरका बालिकामाथि यौन दूराचार गर्ने पुरुषलाई यस्तो सुईमार्फत नपुंसक बनाउने प्रावधान राखिएको छ ।
सुईद्वारा नपुंसक बनाउने यस्तो प्रक्रियालाई चिकित्सकिय भाषामा ‘केमिकल कास्ट्रेसन’ ...













