उदयपुृर । त्रियुगा नगरपालिका वडा नम्बर ११ गाईघाटका वडा अध्यक्ष बिश्वराज भट्टराईले महिलाको क्षमता बिकास नगरे सम्म समाज रुपान्तरण नहुने भएकाले त्यसका लागि हामी लागेका छौं । महिला सक्षम बनाउने अभियानमा वडा कार्यालय लागेको छ । त्रियुगा नगरपालिकाले आयोजना गरेको मानब बेचबिखन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बिहिवार होटल एवानमा यस्तो बताएका हुन ।
चालु आर्थिक महिला सशक्तिकरणमा हामीले धेरै काम गरि राखेकाछौं, समाज रुपान्तरण गराउन महिलालाई सक्षम बनाउनु पर्नेमा वडा अध्यक्ष भट्टराईको जोड दिए । महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिबर्तन गरौ, सोचमा परिर्बतन गर्न सके मात्र पनि परिबर्तन सम्भब छ । वडाले धेरै महिलालाई सिप मुलक तालिम दिई रहेको छ, सिप मुलक तालिम प्राप्त महिलाहरु समुह बनाएर आएमा वडा कार्यालय कार्यक्रम दिन तयार रहेको बताए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) उदयपुरका युवा नेता प्रमेश्वर घिमिरेले जिल्लाकै केन्द्र बिन्दु हो गाईघाट, महिलाको हक अधिकार कानुनले स्थापित गरेको छ । कानुनमा भएको अधिकारलाई हामी सबै मिलेर कार्यान्वयन गर्रौ । महिला बेचबिखनमा त्रियुगा नगरपालिका वडा नम्बर ११ गाईघाट सचेत छ । महिला आधार धर्ति हुन । महिलालाई सचेत बनाउन सकियो भने समाज रुपान्तरणमा सघाउ पु¥याउने थियो । त्यसैले महिलालाई सिप मुलक तालिम मार्फत उत्पादन मुलक क्षेत्रमा लगाउन सकियो भने स्वरोजगार हुने थियो र आर्थिक रुपमा सक्षम बनाउन सकिन्थ्यो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका पञ्जिकरण शाखाका खड्गबहादुर खड्काले ब्यक्तिगत घटना दर्ता सम्बन्धि सहभागिहरुलाई सहजीकरण गरेको थियो, भने वडा सचिव तोयानाथ ढकालले सञ्चालन गरेको थियो ।









