काठमाडौं । मुड्खु भज्याङ्बाट कौडा खेलिरहेका ५ जना १९ लाखसहित पक्राउ परेका छन् । सोमबार राती बालाजु प्रहरीले कौडा खेलिरहेको अवस्थामा पाँचै जनालाई मुड्खु भज्याङ्बाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुर गाईघाटका गोगम्बु बस्ने मिलन कार्की, उदयपुर बर्रेका तामाङ, दिपक राई, काभ्रे बनेपाका राज तामाङ र संखुवासभाका राजु ब्लोन रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भुल सुधार : यस अघि समाचारमा उदयपुर गाईघाटका मिलन कार्की हुनु पर्नेमा विमल कार्की भएकोले सच्याईएको छ । का.स.









