राजेन्द्र महतो, लहान । सिरहाको बरियारपटटि गाउँ पालिका ५ मा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ। आफ्नै खेतमा पानी लगाउने क्रममा बिजुलीको तार सर्ट भर्इ बरियारपटटि गाउँपालिका ५ को १७ वर्षिय ध्रुव भनिने ध्रुव कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकलाई पोस्टमार्टमको लागि राम कुमार उमा प्रसाद अस्पताल लहान पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिल राज बोहराले बताएका छ्न।

तपाईको प्रतिक्रिया