उदयपुर । पछिल्ला दिनमा सामाजिक सञ्जालमा केही फोटाहरु भाइरल बनिरहेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर परशु नेपालले टेबुलमा चढेर सलामी ग्रहण गरेको फोटोसँगै ओखलढुंगाबाट प्रदेशसभा ‘क’का लागि निर्वाचित सांसद अम्बिरबाबु गुरुङले पिर्कामा चढेर सलामी ग्रहण गरेको फोटो पनि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
त्यस्तै प्रदेश सभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद मोहनकुमार खड्काले पनि पिर्कामा चढेर सलामी लिएका थिए । यी तस्वीरहरलाई लिएर सामाजिक सञ्जालमा व्यंग्य र आक्रोश मिश्रित प्रतिक्रियाहरु व्यक्त भएका छन् । कतिपयले जनप्रतिनिधिलाई सलामीको भोक लागेको प्रतिक्रिया दिएका छन् ।
यस्तै पछिल्लो चरण उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा थापा (स्वस्तिक) को पिर्का सलामी भाइरल बनेको छ । उनले ११ औं राष्ट्रपति अन्तर मावि रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको क्रममा जनता माध्यमिक विद्यालय गुरुङचौरीमा पिर्का सलामी ग्रहण गरेको थियो । उनी तत्कालिन नेकपा एमालेबाट निर्वाचित मेयर हुन् ।
यस तस्विरलाई लेखक तथा टिप्पणीकार दिल निशानी मगरले पटि आफ्नो फेसबुक पेजमा समेत लेखेका छन् । उनले “आयो आयो अर्को पनि आयो। यो त खाली खुट्टा पो आयो !” भन्दै पोष्ट गरेका छन् ।
https://www.facebook.com/dilnisani/photos/a.518075544962745/1780194002084220/?type=3&eid=ARAAXyMIIpWazyeYgKxQ7hcYTHWEU842bBtfaBtNwsoVRGmFas9x9cBp1o1J3UoFALbuWsCmd7ZdJ-yp&__xts__%5B0%5D=68.ARAQIbaOfWkViYFtB5qXGrvjwXlwvdL_A6vnGIA4avl6XrvPkDwsUge8fyhmypXxNWnU3QBGpowC8aYh-PsghWsbXn0dUy1Yqqxa-S2JpqNDIzQN18kNIovnuXO8MsJW_lxX3D-3JSwwh3_KVYTSquZFvtWQ9TgqzNPetApdeV7rqVo5C0FCab0tdsvwuTTu-i3yLeIJXdKqrw5geipiwfRJCKGwHBzdg8HikmsZ0KKez_8yXBSnRDBl4D4Z0Bg79owaGPiCzu7KGKQ91UVQ-gbHX39LUwP7HzO2-dl9Gu8bpC415s8u3tW87A86oSoZEqYuLG2ClFgoyYtOTACcdacXMA&__tn__=EHH-R
यस्तै साउदी अरबमा परिवारको भोक मेटाउन कार्यरत रहेको दिपक अभिप्रेमी सुवेदीले लामो स्टाट्स लेखेका छन । उनले “कसैलाई टेबलमाथी चढेर समाली लिनु पर्ने, कोही कुर्सी माथि, कोही पिर्का माथि हुँदाहुदैँ आज मेरै नगरप्रमुखलाई पनि एउटा टालो रातो कपडाको मोह देख्दा मलाई अलिकती हिन्ताबोध जागेको छ ।” लेखेका छन् ।
https://www.facebook.com/dipak.subedi.3152/posts/2326967994219393
यस्तै बेलका नगरपालिका जिएस चौधरीले पनि आफ्नो फेसबुक स्टाट्स लेखेका छन् । उनले “बेलका श्री ६ महाराजधिराज दुर्गा वीर बिक्रम कुमार थापा सरकारमा गणतान्त्रिक सलाम । बेलका नगरपालिका हुनुभन्दा पहिले समृद्धि भएको आभाष तस्विर हेर्दा लाग्छ ।” लेखेका छन् ।
सवैको फेसबुक स्टाट्समा प्रतिक्रियाहरु पनि फरक फरक आएका छन् ।
https://www.facebook.com/photo.php?fbid=694025931041357&set=pcb.694026021041348&type=3&__tn__=HH-R&eid=ARBibLQabhhrHXPZonKQc3o7kI77yLlsGH7g6ip4V8iF226QWn4C9XoR8DjXhhkz_t_fTxI9FF_NogCX
यस विषयमा बेलका नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक सिता राईसंग बुझन खोज्दा निर्देशिकामा यस्तै छ अरे, मेयर सावले चढ्न मान्नु भएको थिएन शिक्षकहरुले चढाएको प्रतिक्रिया दिए ।













