माक्स बनाउनेको श्रीमति पनि कोरोना संक्रमित, संक्रमणको डरले मुस्लिम समुदायको पैसा चल्न छोड्यो

माक्स बनाउनेको श्रीमति पनि कोरोना संक्रमित,  संक्रमणको डरले मुस्लिम समुदायको पैसा चल्न छोड्यो
उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । विहिबार स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको संक्रमित उदयपुरकी ५५ वर्षिय महिला माक्स बनाएर बेच्ने टेलर्स संचालककी श्रीमति हुन् । श्रीमान् श्रीमति नै कोरोना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीले जानकारी दिए । उनलाई उपचारको लागि कोशी कोरोना विशेष अस्पताल विराटनगरको आइसोलेन कक्षमा उपचार हुँदैछ । श्रीमानले ...

विदेशबाट फर्किएकाबाट भुल्केमा कोरोना संक्रमण फैलियो : मन्त्री घिमिरे

विदेशबाट फर्किएकाबाट भुल्केमा कोरोना संक्रमण फैलियो : मन्त्री घिमिरे
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा विदेशबाट फर्किएका दुईजनाबाट कोरोना भाइरसको संक्रमण फैलिएको दाबी प्रदेश सरकारले गरेको छ । विहिबार कोरोना संक्रमण क्षेत्रमा सरोकारबालासँगको छलफलको क्रममा दुबई र भारतबाट आएका व्यक्तिमा कोरोना भित्रिएको दावी गरे । भारतको युपिमा उर्दु भाषा अध्ययन गरेर घर फर्किएका र दुबईबाट आएका व्यक्तिमध्ये एकजनाबाट संक्रमण फैलिएको हो भन्ने निष्र्कषको नजिक प्रदेश सरकार प...

त्रियुगा नगरपालिका २ मोथियाहीमा  २० जनाको स्वाब संकलन

त्रियुगा नगरपालिका २ मोथियाहीमा  २० जनाको स्वाब संकलन
उदयपुर । कोरोना संक्रमित बसेको उदयुरको त्रियुगा नगरपालिका २ मोथियाहीमा २० जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर लगिएको छ । संक्रमण हुनु पूर्व १२ भारती जमाती बसेको मोथियाहीको मस्जिद आसपासमा बिहीबार २० जनाको स्वाब संकलन गरिएको त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए । १२ भारतीय जमातीसँग ४ नेपाली पनि थिए । उनीहरु सबै कोरोना संक्रमित भई अहिले कोभिड १९ अस्पताल वि...

उदयपुर र जनकपुरमा थप २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४७ पुग्यो

उदयपुर र जनकपुरमा थप २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४७ पुग्यो
काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो। उदयपुरकी ५५ वर्षिय महिला यस अघि संक्रमित एक पुरुषकी श्रीमति हुन् । यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यी मध्ये ९ जना...

उदयपुरको सिवाईमा ५८ जनाको थ्रोट स्वाब नमूना संकलन

उदयपुरको सिवाईमा ५८ जनाको थ्रोट स्वाब नमूना संकलन
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको २८ जना मुस्लिममा कोरोना पोजिटिभ देखिएपछि चौदण्डीगढी नगरपालिका ५ सिवाईमा स्वाव संकलन गरिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर १ बिराटनगर र जिल्ला जन स्वास्थ्य कार्यलाय उदयपुरको संयुक्त चिकित्सकहरुको टोलीले स्वाव संकलन गरिएको चौदण्डीगढी नगरपालिका मेयर खगेन्द्र राईले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा वडा नम्बर ५, ६ र ९ मा बसोबास ...

उदयपुर जिल्लामै कोरोना अस्पताल खोल्न माग (प्रेस विज्ञप्तीसहित)

उदयपुर जिल्लामै कोरोना अस्पताल खोल्न माग (प्रेस विज्ञप्तीसहित)
उदयपुर । त्रियुगा नगरप्रमुख बलदेव चौधरीले कोविड–१९ महामारीको केन्द्र बन्दै गएको भुल्केलाई ‘डेन्जर जोन’ घोषणा गरी तत्काल दक्ष जनशक्ति र औषधि उपकरणसहितको विशेष अस्पताल खोल्न माग गरेका छन्। मेयर चौधरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी जिल्लामा तत्काल विशेष अस्पताल खोलेर उपचार र प्रतिकारमा लाग्न संघ र प्रदेश सरकारसँग माग गरेका हुन्। मेयर चौधरीले यति धेरै संक्रमित भेटिइसक्दा पनि संघ र प्रदेश सरकारले...

उदयपुरमा बाघको आक्रमणबाट दुई घाइते

उदयपुरमा बाघको आक्रमणबाट दुई घाइते
उदयपुर । बाघको आक्रमणबाट जिल्लाको रौतामाईका दुईजना घाइते भएका छन् । गाउँपालिका ३ लाफागाउँ भोर्लाबासका ३६ वर्षीय गुणराज राई र ३८ वर्षीय कमल नेपाली बाघको आक्रमणमा परी घाइते भएको वडा सदस्य सर्वजीत राईले बताए । उनका अनुसार भोर्लाबास जंगलमा घाँस दाउरा गर्न गएका उनीहरुको बाघसँग जम्काभेट हुँदा बाघले चिथोरेर घाइते बनाएको हो । बाघको आक्रमणबाट राईको हातको नाडीमा गहिरो चोट लागेको छ भने नेपालीको ढाडमा चोट ला...

उदयपुरको सिवाईमा सेनाको टोलीले थ्रोट स्वाब नमूना संकलन गरिने

उदयपुरको सिवाईमा सेनाको टोलीले थ्रोट स्वाब नमूना संकलन गरिने
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको २७ जना मुस्लिममा कोरोना पोजिटिभ देखिएपछि चौदण्डीगढी नगरपालिका–५ सिवाईमा पनि स्वाव संकलन गरिने भएको छ । नेपाली सेनाको छाउनीस्थित अस्पतालबाट आउने चिकित्सकको टोलीले ५८ घरपरिवारका २७१ जनाको स्वाव संकलन गरिने चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए । उनका अनुसार भुल्केको मस्जिदमा रहेको जमातीहरुको साथै अन्यमा कोरोना पोजिटिभ देखिएपछि ...

उदयपुरका थप तीन जनामा कोरोना संक्रमण

उदयपुरका थप तीन जनामा कोरोना संक्रमण
उदयपुर। आज बुधबार नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । आज देखिएका तीन जना पनि उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केकै मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् । गत बैशाख ५ गते ११ भारतीय र एक नेपालीमा कोरोना पुष्टी भएकै ग्रुपका धर्म प्रचारक जमातीहरु हुन् । जिल्ला स्वास्थ्य कार्यायल उदयपुरका अनुसार यी व्यक्तिहरुसँगै रहेका १३ जनालाई अघिल्लो हप्ता नै कोरोना पोजेटिभ देखिएको छ । आज पु...

उदयपुरमा अटो चालक नै संक्रमित देखिएपछि, चढ्नेहरु पनि चिन्तित

उदयपुरमा अटो चालक नै संक्रमित देखिएपछि, चढ्नेहरु पनि चिन्तित
उदयपुर । उदयपुरमा एक अटो चालक पनि कोरोना संक्रमित भएको छ । उनी विदेशबाट आएर अटो चलाउँदै आएका थिए । एकै परिवारका पाँच जनामा पनि कोरोना संक्रमण देखिएकोमा उनी अटो चालक पनि पर्दछ । अटो चालक सहित उनका १८ वर्ष छोरा समेत कोरोना संक्रमित भएका छन् । यस्तै संक्रमितका ज्वाई ४१ वर्षिय, ज्वाईका जेठो छोरा १८ वर्षिय, बहिनी ३६ वर्षिय पनि संक्रमित भएका छन् । बहिनी ज्वाई गाईघाटमा बस्दै आएका थिए । लकडाउनमा मात्रै भ...