काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो। उदयपुरकी ५५ वर्षिय महिला यस अघि संक्रमित एक पुरुषकी श्रीमति हुन् ।
यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यी मध्ये ९ जना उपचारपछि निको भइसकेको छ ।
बुधबार पनि तीन जनामा संक्रमण देखिएको थियो। बुधबार पिसिआर परीक्षणका क्रममा २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।
बुधबार देखिएका तीन जना पनि उदयपुरको एक मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्। संक्रमित तीन जना नै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका व्यक्तिहरु रहेको बताइएको छ। यो संगै उदयपुरमा संक्रमित हुनेको संख्या २८ पुगेका छ।

तपाईको प्रतिक्रिया