उदयपुर । कोरोना संक्रमित बसेको उदयुरको त्रियुगा नगरपालिका २ मोथियाहीमा २० जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर लगिएको छ ।
संक्रमण हुनु पूर्व १२ भारती जमाती बसेको मोथियाहीको मस्जिद आसपासमा बिहीबार २० जनाको स्वाब संकलन गरिएको त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।
१२ भारतीय जमातीसँग ४ नेपाली पनि थिए । उनीहरु सबै कोरोना संक्रमित भई अहिले कोभिड १९ अस्पताल विराटनगरको आइसोलेसनमा उपचारमा छन् । ती १६ मा संक्रमण पुष्टि हुन पूर्व मोथियाहीको मस्जिदमा बसेका थिए ।
संक्रमितसँग सर्म्पका रहेका ४ महिला सहित २० जनाको स्वाब विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयबेन्द्र यादवको नेतृत्वमा आएको चिकित्सक टोलीले संकलन गरेको हो ।
संकलित स्वाब परीक्षणका लागि विराटनगर लगिएको छ ।

तपाईको प्रतिक्रिया