उदयपुर। आज बुधबार नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । आज देखिएका तीन जना पनि उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केकै मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् ।
गत बैशाख ५ गते ११ भारतीय र एक नेपालीमा कोरोना पुष्टी भएकै ग्रुपका धर्म प्रचारक जमातीहरु हुन् ।
जिल्ला स्वास्थ्य कार्यायल उदयपुरका अनुसार यी व्यक्तिहरुसँगै रहेका १३ जनालाई अघिल्लो हप्ता नै कोरोना पोजेटिभ देखिएको छ । आज पुष्टी भएकोमा दुई जना विराटनगर र एक जना दिल्लीका रहेका छन् । उनीहरुको उमेर २४, ६० र ७२ वर्ष रहेका छन् । उनीहरुलाई यसअघि नै विराटनगरको क्वारेन्टाइनमा पठाएको थियो । यो संगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेका छ ।
उनीहरु गत चैत्र ५ गतेबाट नै नुरी मस्जिदमा बस्दै आएका थिए ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्री भानुभक्त ढकालले उदयपुर अन्य जिल्लाभन्दा जोखिममा रहेकाले प्रदेश १ सँगको समन्वयमा त्यहाँ स्वास्थ्यकर्मी परिचालन गरी परीक्षण दायरा थप बढाइने बताए ।
उनले भने, अन्यत्रभन्दा त्यहाँ थप जोखिम छ । जिल्लालाई सिल गरी परीक्षण बढाउने तयारीबारे छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया