उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको २८ जना मुस्लिममा कोरोना पोजिटिभ देखिएपछि चौदण्डीगढी नगरपालिका ५ सिवाईमा स्वाव संकलन गरिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर १ बिराटनगर र जिल्ला जन स्वास्थ्य कार्यलाय उदयपुरको संयुक्त चिकित्सकहरुको टोलीले स्वाव संकलन गरिएको चौदण्डीगढी नगरपालिका मेयर खगेन्द्र राईले जानकारी दिए ।
उनले भने, ‘पहिलो चरणमा वडा नम्बर ५, ६ र ९ मा बसोबास गरिरहेका घरप्रमुख तथा घर व्यवहार गर्ने ५८ जना मुस्लिमहरुको स्वाब संकलन गरेका हौं । वडा नं. ५ मा ५२ जना, वडा नं. ६ मा एक जना र वडा नं. ९ मा ५ जनाको स्वाब संकलन गरेको हो । उनले भने, ‘उहाँहरुको स्वाब विराटनगरस्थित कोशी अस्पतालमा लगिएको छ । तीन दिनपछि मात्रै रिपोर्ट आउँछ ।’
मेयर राईका अनुसार उदयपुरको भुल्केको मस्जिदका जमातीहरुमा कोरोना देखिएपछि सिवाई गाउँमा रहेका मुस्लिम समुदाय र उनीहरुसँग सम्पर्कमा आएका घरपरिवारको स्वाव संकलन गरिएको बताए । जमातीहरु सिवाईमा तीन दिन बसेर भुल्केगएका थिए ।
चौदण्डीगढी नगरपालिकामा ६ जना क्वारेन्टाइनबाट घर फर्किएका छन भने १४ जना अझै क्वारेन्टाइनमा रहेका छन् ।
यसअघि छाउनीस्थित सेनाको चिकित्सक टोली उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा तीन दिनसम्म स्वाब संकलन गरेको थियो । कोशी अस्पतालले ६९ जनामा ८ जनामा कोरोना देखिएको थियो भने नेपाली सेना स्थित छाउनी अस्पतालको टोलीले संकलन गरेको २५२ मा ४ जनामा कोरोना देखिएको थियो । यस्तै भारतीय १२ जना र विराटनगर महानगरपालिका वडा नं. १७ का ४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
यता, प्रदेश सरकारले उदयपुर जिल्लाको चारै नाका सिल गरेको छ ।

तपाईको प्रतिक्रिया