उदयपुरमा ५३ किलो गाँजा सहित एक जना पक्राउ

उदयपुरमा ५३ किलो गाँजा सहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा सोमबार विहान साढे तीन बजे ठूलो परिणाममा लागूऔषध गाँजा सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका ९ सोरुम छविसेका २० वर्षिय प्रेम परियार रहेको रहेको छ ।ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला अदालत उदयपुर उपस्थित गराईएको छ ।

उदयपुरमा ६ वर्षिय बालिका करणी गरेको अभियोगमा युवक पक्राउ

उदयपुरमा ६ वर्षिय बालिका करणी गरेको अभियोगमा युवक पक्राउ
उदयपुर । उदयपुरमा ६ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भई हाल त्रियुगा नगरपालिका–८ साईखोला बस्ने २० वर्षिय दिलु रोक्कालाई प्रहरीले पक्राउ गरेको छ । रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको प्र...

भिटामिन ए र जुकाको औषधि खुवाउँने आज अन्तिम दिन

भिटामिन ए र जुकाको औषधि खुवाउँने आज अन्तिम दिन
उदयपुर । देशभरिका बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । ६ महिनादेखि ५९ महिनाका करिब ३२ हजार उदयपुरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको हो । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ ख...

गठबन्धन दलको साँझा सहमति बमोजिम सरकार पुरै अवधि चल्ने – परराष्ट्रमन्त्री डा.खड्का

गठबन्धन दलको साँझा सहमति बमोजिम सरकार पुरै अवधि चल्ने – परराष्ट्रमन्त्री डा.खड्का
गाईघाट । गठबन्धनमा रहेका राजनीतिक दलहरु विचको साँझा सहमतिका एजेण्डाहरुका आधारमा सरकार पुरै अवधिसम्म टिक्ने परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपाल प्रेस युनियन उदयपुरद्धारा सोमवार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए । पत्रकारहरुले यो सरकारको आयू कहिलेसम्म हो ? भन्ने प्रश्नको जवाफ दिदै मन्त्री डा.खड्काले विगतमा नेकपा एमाले नेतृत्वको सरकारले दुई दुई पटक संसद विघटन गरी मुलुकलाई अस्थिरता...

उदयपुरगढीमा ब्रेक फेल भएर बोलेरो दुर्घटना हुँदा ८ जना घाइते

उदयपुरगढीमा ब्रेक फेल भएर बोलेरो दुर्घटना हुँदा ८ जना घाइते
उदयपुर । उदयपुरमा ब्रेक फेल भएर बोलेरो दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका ५ आम्बोटेमा बर्रेबाट कटारी तर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएको हो ।घाइते हुनेमा उदयपुरगढी गाउँपालिका ३ का ४३ वर्षिय खिलराज तामाङ, सोही ठाउँ बस्ने वर्षिय २० आशिष खड्का, सोही पालिका ४ बस्ने ५० वर्षिय सुनमाया तामाङ, सोही वडा बस्ने २३ वर्षिय हिरा तामाङ, ३८ वर्षिय चिनमाया ...

एमालेमा विद्रोह आवश्यकता थियो र फेरि पनि हुन्छ : नेता चौधरी

एमालेमा विद्रोह आवश्यकता थियो र फेरि पनि हुन्छ : नेता चौधरी
उदयपुर । नेकपा एमालेमा विद्रो आवश्यकता थियो र विद्रोहको विउ रोपिएकोले अझै निरन्तर चलिरहने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट व्यूरो सदस्य, प्रदेश नं. १ का उपाध्यक्ष तथा जिल्ला इन्चार्ज बलदेव चौधरीले बताए । नेकपा एस त्रियुगा नगर कमिटीको सपथ ग्रहण तथा तथा चियापान कार्यक्रममा यस्तो बताएका हुन् । अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पु¥याएको पार्टीलाई थिलथिलो र बदनाम गरेकाले कम्युनिष...

उदयपुरमा आज यी ठाउँहरुको विद्युत सेवा अवरुद्ध हुने

उदयपुरमा आज यी ठाउँहरुको विद्युत सेवा अवरुद्ध हुने
गाईघाट । उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिकामा आज (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले शुक्रबार एक सूचना प्रकाशित गरी आज (शनिबार) विहान ७ बजेबाट बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको छ । जलजले सब स्टेशनदेखि गाईघाट बजार हुँदै पोर्ताहासम्म पहिलो चरण र जलजले सब स्टेशन देखि भुल्के हुँदै जोगिदहसम्म दोस्रो चरणमा ११ के.भी. प्रसारण ला...

कटारी मालपोतले सुरु गर्याे, भू–सेवा केन्द्र

कटारी मालपोतले सुरु गर्याे, भू–सेवा केन्द्र
कटारी । मालपोत कार्यालय कटारीमा बिहीबारबाट भू–सेवा केन्द्रको सेवा सुरु भएको छ । मालपोत कार्यालयबाट हुने जग्गा दर्ता तथा नामसारी अनलाइनबाट नै हुने व्यवस्था कार्यान्वयन गर्न भू सेवा केन्द्र संचालनमा ल्याईएको हो । भू सेवाको उद्घाटन इलाका प्रशासन कार्यालय कटारीका प्रमुख तुलराज सुनुवारले एक समारोह विच गरेका छन । उनले भू सेवा केन्द्रको उद्घाटन गर्दै अबका दिनमा मालपोत कार्यालय कटारीले सेवाग्राहीलाई सह...

प्रदेश १ मा प्रेस सम्बद्ध नियुक्ति खारेज गर्न माग

प्रदेश १ मा प्रेस सम्बद्ध नियुक्ति खारेज गर्न माग
उदयपुर । प्रदेश १ सरकारले प्रादेशिक संचार प्रतिष्ठानमा गरेको नियुक्ति प्रति प्रेस सम्बद्ध सगठनहरुहरुले विरोध जानाएका छन । प्रेस सेन्टर, प्रेस युनियन, समाजवादी प्रेस र प्रेसमंच नेपालले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी विरोध जनाएका हुन । विज्ञप्तिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा धमाधम भइरहेको नियुक्ति खारेज गर्न माग गरिएको छ । ‘प्रादेशिक सञ्...

समाजसेवी दिव्यराजले बनाईदिए आमा बुबाको स्मृतिमा गुरुकुलमलाई ३० लाखको भवन

समाजसेवी दिव्यराजले बनाईदिए आमा बुबाको स्मृतिमा गुरुकुलमलाई ३० लाखको भवन
गाईघाट । भौतिक संरचना अभाव झेल्दै आएको त्रियुगा बैद्धिक गुरुकुलमले सुविधा सम्पन्न भवन पाएको छ । स्थानीय समाजसेवी दिब्यराज पोखरेलले करिब ३० लाखको भवन निर्माण गरी मंगलबार हस्तान्तरण गरेसँगै गुरुकुलमलाई भवन अभाव टरेको हो । समाजसेवी पोखरेलले आफ्ना स्वः पिता मायानाथ पोखरेल र माता यशोधादेवि पोखरेलको स्मृतिमा गुरुकुलमका बटुकहरुको लागी कक्षा संचालन र आवास भवन निर्माण गरेको छोरा राजन पोखरेलले बताए । ‘ह...