उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सवारी दुर्घटनामा परी एक बृद्धको मृत्यु भएको छ । गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाईकल एक आपसमा ठोकिदा त्रियुगा नगरपालिका ११ शान्ति नगर टोलका ८५ वर्षीय पुरोहित शनिबार साँझ ६ः०० बजे कुलप्रसाद भण्डारी घाइते भएका थिए ।उनको बिराटनगरमा उपचारको क्रममा शनिबार राती १० बजे मृत्यु भएको हो । सप्तरीको कन्चनरुप नगरपालिका १२ का १२ वर्षिय कमल पोखरेलले चलाएको को १९ प ९६४६ नम्बरको मोटरसाईकलमा स.१ ह १६२० नम्बरको अटोले ठक्कर दिएका थिए । मोटर साइकल पछाडी सवार रहेका भण्डारी उछीटिएर अगाडि पछारिएकोले घाइते भएका थिए ।

त्रियुगा नगरपालिकाको गैहरुनबाट चौदण्डीगढी नगरपालिका बेल्टारतर्फ जाँदै गर्दा मोटर साइकललाई ठक्कर दिएका थिए । अटो चालक चौदण्डीगढी नगपालिका ७ का ४२ वर्षीय नरबहादुर कार्कीले चलाएको थियो ।

तपाईको प्रतिक्रिया