उदयपुर । उदयपुर सिमेन्ट उद्योगमा करिव डेढ दर्जन अवकाश प्राप्त कर्मचारीले औषधि उपचार वापतको रकम पाएका छन् । उदयपुरबाट संचालित नागरिक बहस डटकम अनलाइनमा २०७८ साल कात्र्तिक १ गते “ उदयपुर सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारी रित्तो हात घर फर्किंदै ” शिर्षकको समाचार प्रकाशनमा आएपछि उद्योगले उपदान र संचित विदा बाहेक औषधि उपचार वापतको रकम निकासा गरेको छ ।
२०७८ बैशाखदेखि असोज मसान्तसम्म अवकाश पाउनेमा नायव महाप्रबन्धक, निर्देशक देखि हेल्पर र पालेसम्मलाई उपदान र संचित विदा वापतको रकम बाहेक औषधि उपचार वापतको रकम उपलब्ध गराएको अवकाश प्राप्त एक कर्मचारीले जानकारी दिए । उनका अनुसार दशैंमा रित्तो हात भएपनि दिपावलीमा औषधि उपचार वापत केही रकम पाएको जानकारी दिए । उनका अनुसार उपदान र संचित विदा वापतको अझै ३० लाख बढी रकम पाउन बाँकी छ ।

उद्योगमा विभिन्न पदका कर्मचारी शम्भु ठाकुर, राजेन्द्र साह र जगदिश पोखरेलको मृत्यु पछि परिवारले उपदान, औषधि उपचार वापत १ करोड ५ लाख ४३ हजार पाएका छन भने अनिवार्य अवकाश प्राप्त १८ जना कर्मचारीको औषधि उपचार वापत १ करोड १८ लाख रकम निकासा गरेको उद्योग आर्थिक प्रशासन माहाशाखाले जानकारी दिइएको छ ।

अनिवार्य अवकाश वा उमेर हदका कारणले अवकाश पाएका डेढ दर्जन कर्मचारीहरुले उपदान, संचित विदा वापतको रकम र औषधि उपचार वापत रकम गरी कम्तीमा एक जनाले ३५ लाख देखि ५५ लाखसम्म पाउने अनुमान गरिएको छ । उद्योगमा २५÷३० वर्ष सेवा गरेवापत कर्मचारीहरु रित्तो हात घर फर्किका कर्मचारीहरुको दशैं खल्लो भएपनि दिपावलीमा औषधि उपचार वापतको रकम पाएर केही राहत महशुस भएको एक एक वरिष्ठ कर्मचारीले बताए । उनले भने, –“उपदानको रकम आज आउँछ भोली आउँछ भन्दा भन्दै ६ महिना वित्यो । धन्न दिपावलीमा औषधि उपचार वापतको रकम दिएछ तर अव उपदान र संचित विदा वापतको रकम दिन बाँकी छ ।” उनका अनुसार ६ महिना अवधिमा अवकाश प्राप्त कर्मचारीहरुको करिव ८ करोड जतिको उपदान रकम महाप्रबन्धकले रोकेर राखेको बताए ।

यस अघिका दिनहरुमा उपदान वापत विक्रीको दैनिक जसो रकम जम्मा हुने गरेको एक कर्मचारीले बताए । उनका अनुसार ग्लोबल अइएमइ बैंकमा उपदान वापत विक्रीको दिन दैनिक जसो ५ लाख जम्मा हुने गरेकोले अहिले उक्त खातामा पैसा नै जम्मा हुन छोडेको बताए । अहिले अवकाश प्राप्त कर्मचारीको फाइल पनि अगाडी नबढेर कस्ले कति रकम पाउने बारे एकिन नभएको प्रशासन शाखाका एक कर्मचारीले बताए ।

सम्बन्धित थप समाचार

 

तपाईको प्रतिक्रिया