उदयपुर । पुसदेखि असारसम्म सिमेन्टको उच्च माग हुन्छ, सिमेन्टको उच्च माग भएपनि उदयपुर सिमेन्ट उद्योगले उत्पादन गर्न नसक्दा आर्थिक व्ययभार थपिदै गएको छ । महाप्रबन्धक गोपी कृष्ण न्यौपाने आएपनि उद्योगले सोचेभन्दा अति नै न्यून सिमेन्ट उत्पादन भईरहेको छ । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट एकाएक दिनप्रति दिन उत्पादनमा कमी आउन थालेको छ ।पुसदेखि असारसम्मको समयलाई सिमेन्ट उद्योगको ‘पिक आवर’ मानिन्छ । यो समयमा विकास निर्माणको काम धेरै हुने भएकाले सिमेन्टको माग उच्च हुन्छ । त्यसैले सबै सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउने र अधिकतम उत्पादन गर्ने ध्याउन्नमा हुन्छन् । तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्टले माघ १ गते महाप्रबन्धक पाए । न्यौपाने महाप्रबन्धक नियुक्ती भएर आएसँगै अहिलेसम्म ११ हजार मेट्रिक टन मात्रै क्लिङकर उत्पादन भएको देखिन्छ ।

माघ महिना भरिमा ७ हजार ५ सय र फागुन महिनाको १४ गतेसम्म ३ हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन भएको क्लिङकर उत्पादन विभागको प्रबन्धक रविचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार मेसिनरी सामान भएकोले विग्रिने चल्ने भएकोले उत्पादनमा कम भएको जनाएको छ ।

उद्योगले दैनिक ८ सय मेट्रिक टन उत्पादन गर्ने क्षमता भएपनि दैनिक ७ सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएपनि पछिल्लो समय उत्पादनमा ह्रास आएको छ । नव नियुक्त महाप्रबन्धक न्यौपाने आएपछि झनै उत्पादनमा ह्रास आएको उद्योगका एक कर्मचारीले जानकारी दिए । नव नियुक्त महाप्रबन्धक आएको ४५ दिनमा सरदर दैनिक २ सय ४५ मेट्रिक टनमा झरेको छ ।

उपभोक्ताको माग अनुसार सिमेन्ट उत्पादन नहुँदा उद्योग दिनप्रतिदिन घाटामा गईरहेको छ । उद्योग घाटामा गएपछि अहिले कर्मचारीको तलव, कोइला तथा जिप्सन सप्लायर्सहरुलाई भुप्तानी, विद्युत महसुल भुप्तानी, करमा भुप्तानी लगायतको भुक्तानी दिन बाँकी रहेको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा २२ लाख ६२ हजार १ सय ४२ बोरा सिमेन्ट विक्री भएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा नोभेल कोरोनाका कारणले १६ लाख ४१ हजार ४७ बोरामा सिमित भयो । यस्तै चालु आर्थिक वर्षको सिमेन्ट विक्री गर्ने लक्ष्य २७ लाख ७२ हजार बोरा भएपनि अहिलेसम्म १० लाख २२ हजार ८ सय ९१ बोरा सिमेन्ट मात्रै विक्री भएको विक्री विभाग प्रमुख रामबहादुर जिसीले जानकारी दिए ।

उद्योग पूर्णरुपमा संचालनको लागि तथा अतिरिक्त खर्च घटाउन आन्तरिक अडिट गर्नुको साथै विद्युत महसुल कसरी घटाउने सक्ने, मेसिनरी पार्टपूर्जा बारेको जानकारी लगायतको कामको लागि विज्ञहरुलाई ल्याएरका काम अगाडी बढाएको महाप्रबन्धक न्यौपानेले जानकारी दिए ।

एक वर्षभित्र १२ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने कामको पनि थालनी हुनेछ । उद्योगको खानीलाई उपयोग गर्ने काम पनि हुनेछ । मैले सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ क्लिङ्करको आयात नै रोक्ने अर्को लक्ष्य लिएको छु । करिब १४ अर्ब क्लिङ्करकै लागि विदेशिएको अवस्था छ । त्यसैले यसमा पनि नियन्त्रण गर्नु जरुरी छ । यसरी भविष्यमा ६ हजारदेखि १० हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने मेरो लक्ष्य हो ।

उद्योग २०४४ सालमा स्थापना भई २०५१ सालदेखि व्यवसायिक उत्पादन शुरु भएको हो ।

बजार क्रमशः खुम्चँदै, देशभर ११ सय डिलर थिए, अब कविर दुई सय मात्र

२६ वर्षदेखि त्रियुगा नगरपालिका–११ जलजलेमा अवस्थित उद्योगको सुरुवाती समयमा देशभर एक हजार एक सय डिलर थिए । अहिले घटेर करिव दुई सय डिलर मात्र छन । यी डिलरले समेत सिमेन्ट बिक्री गर्न आनाकानी गर्दै आएका छन् । उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट बिक्री गर्ने डिलरलाई प्रतिबोरा १५–२० रुपैयाँ मात्र कमिसन दिइरहेको छ । तर, निजी क्षेत्रका उद्योगले डिलरलाई सय रुपैयाँसम्म कमिसन दिइरहेका छन् । सिमेन्ट खोज्दै आउने ग्राहकलार्ई डिलरले बढी कमिसन पाउने निजी उद्योगकै सिमेन्ट प्रस्ताव गर्छन् । अर्कातिर निजी क्षेत्रको तुलनामा उदयपुरको गैँडाछाप सिमेन्ट अलिक महँगो पनि छ ।

उद्योगले ५३ ग्रेडको ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ । निजी क्षेत्रको भन्दा उच्च गुणस्तर र लागत पनि महँगो पर्ने भएकाले बजार मूल्य बढी भएको उद्योगको तर्क छ ।

 

तपाईको प्रतिक्रिया