गाईघाट । उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेले कानुन विपरित राखेको खुलासा भएको छ । उद्योगमा महाप्रबन्धकको रुपमा माघमा केपी ओली सरकारले नियुक्त गरेका महाप्रबन्धक गोपी न्यौपानेले कनिष्ठ अधिकृतलाई सूचना अधिकारीको जिम्मेवारी दिएका हुन ।

सूचनाको हक सम्बन्धि ऐन २०६४ बमोजिम कार्यालयको दोस्रो अथवा तेस्रो वरियताको कर्मचारीलाई जिम्मेवारी दिनु पर्ने भएपनि महाप्रबन्धक न्यौपानेले १९ औ नम्बरका अधिकृतलाई सूचना अधिकारी तोकेका छन ।

ऐनले सूचना अधिकारी सम्बन्धि व्यवस्थामा कार्यालय प्रमुखले आफू भन्दा दोस्रो तथा तेस्रो वरियताको कर्मचारी तथा पदाधिकारीलाई जिम्मेवारी दिने व्यवस्था गरेको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।

महाप्रबन्धक न्यौपानेले यस अघिका सूचना अधिकारी प्रबन्धक राम बहादुर जिसीलाई हटाएर अधिकृत छैटौं लक्ष्मण प्रसाद पोखरेललाई सूचना अधिकारीको जिम्मा दिएका हुन ।

विगत बर्ष देखि नै सूचना अधिकारीको जिम्मेवारी बहन गरिसकेका प्रबन्धकलाई हटाएर कनिष्ठ अधिकृतलाई सूचना अधिकारी तोक्नु आश्चर्यको विषय भएको सूचनाको अधिकारको क्षेत्रमा काम गर्नेहरु बताउँछन ।

महाप्रबन्धक न्यौपानेले उद्योगमा सुशासन, पारदर्शी बनाउन चाहेको भए त प्रबन्धकलाई हटाएर नायव महाप्रबन्धकलाई सूचना अधिकारी बनाउन सक्थे तर उद्योगको सूचना लुकाउने उद्देश्यले तल्लो तहका अधिकृतलाई सूचना अधिकारी तोकेको हुन सक्ने आंशका गर्ने ठाउ रहेको सूचनाको हकका राष्ट्रिय अभियानका सचिव अजय कुमार साहले प्रतिक्रिया दिए ।

कनिष्ठ अधिकृतको सूचनामा पहँुच नहुने हुँदा सरोकारवाला र संचारकर्मीहरुले माग गरेको समयमै प्राप्त हुन नसक्ने गरेको सरोकारवालाहरुको बुझाई छ ।

 

तपाईको प्रतिक्रिया