उदयपुर । उदयपुर सिमेन्ट उद्योगले दैनिक रुपमा अहिलेसम्म कै कम सिमेन्ट उत्पादन गरिरहेको छ । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट एकाएक दिनप्रति दिन ह्रास हुँदै आएको छ । उद्योगले अहिले आधा पनि उत्पादन दिँदैनन् । दैनिक ८ सय मेट्रिक टन क्षमताको उद्योगले असोज महिनामा ६ हजार ४ सय २० मेट्रिक टन अर्थात दैनिक सरदर २ सय ७ मेट्रिक टन मात्रै उत्पादन दिएको छ ।
भदौं महिनासम्म दैनिक सरदर २ सय ६२ मेट्रिक टन उत्पादन भईरहेको सिमेन्ट असोजमा आएर २ सय ७ मेट्रिक टनमा झरेको छ । सरकारी स्वामित्वको उदयपुर सिमेन्टले माघ १ गते महाप्रबन्धक गोपी न्यौपाने पाए । न्यौपाने महाप्रबन्धक नियुक्ती भएर आएसँगै गैडा सिमेन्टको उत्पादन ओरालो लाग्ने क्रम जारी रहेको छ । ९ महिनामा ७० हजार ८ सय ६५ मेट्रिक टन मात्रै क्लिङकर उत्पादन भएको देखिन्छ ।

माघ महिना भरिमा ७ हजार ३ सय १० मे.टन, फागुनमा ८ं हजार ४० मे.टन, चैत्रमा ९ हजार १०० मे.टन, बैशाखमा ११ हजार ६०० मे.टन, जेष्ठमा ४ हजार ४८० मे.टन, असारमा २ हजार ६०० मे.टन, श्रावणमा ९ हजार ५ मे.टन र भाद्रमा १२ हजार १० मे. टन. क्लिङकर उत्पादन भएको सूचना अधिकारी लक्ष्मण पोखरेलले जानकारी दिए ।

उद्योग २०४४ सालमा स्थापना भई २०५१ सालदेखि व्यवसायिक उत्पादन शुरु भएको हो । उदयपुर सिमेन्टको बजार क्रमशः खुम्चँदै गएको छ ।

सम्बन्धित थप समाचार

तपाईको प्रतिक्रिया