बेल्टार । उदयपुरमा तीन सय प्याकेट पटका सहित एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ७ बस्ने २५ वर्षिय ओम प्रकाश गुप्ता रहेको छ ।बुधबार दिउँसो करिव साढे दुई बजेको समयमा स.९ प ८९८२ नम्बरको मोटर साइकलमा पटका सहित चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर जुटपानीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनको साथबाट करिव नौं हजार बराबरको तीन सय प्याकेट पटका बरामद गरेको प्रहरीले जानकारी दिए । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ ।

तपाईको प्रतिक्रिया