स्वतन्त्र निर्वाचन कमिटी गठन गरेर अधिवेशन माग गर्दै व्यवसायीहरुद्वारा प्रशासनलाई ज्ञापन पत्र

स्वतन्त्र निर्वाचन कमिटी गठन गरेर अधिवेशन माग गर्दै व्यवसायीहरुद्वारा प्रशासनलाई ज्ञापन पत्र
गाईघाट । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट दिनदिनै विवादमा फस्दै गएको छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आन्तरीक विवाद र चरम गुटवन्धिमा फसेको भन्दै स्वतन्त्र निर्वाचन कमिटी गठन गरेर अधिवेशन गर्न माग गर्दै ७ सय ५७ जना व्यवसायीहरुको हस्ताक्षर सहित चुडामणि कार्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् । वाणिज्य संघमा देखिएको दुई गुटको चरम वेतिथिले संघसंग आवद्ध उद्...

उदयपुरमा एमालेबाट २८ जना सहित ५१ जना समाजवादीमा प्रवेश

उदयपुरमा एमालेबाट २८ जना सहित ५१ जना समाजवादीमा प्रवेश
उदयपुर । नेकपा एमालेबाट २८ जना सहित ५१ जना नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । मंगलबार नेकपा एसको त्रियुगा नगरपालिका वडा नम्वर १२ को वडा अधिवेशनको क्रममा एमालेबाट २८ जना, जनता समाजवादी पार्टीबाट १४ जना र नेपाली काँग्रेसबाट ९ जना नेकपा पार्टी प्रवेश गरेको छ । नवप्रवेशीलाई नेकपा एसका पोलिटव्यूरो सदस्य तथा प्रदेश नं. १ का उपाध्यक्ष, उदयपुर इन्चार्ज बलदेव चौधरीले अविरमाला तथा खादाले स्वागत गर्दै ...

उदयपुरगढीमा सानिमा बैकको शाखा संचालनमा

उदयपुरगढीमा सानिमा बैकको शाखा संचालनमा
उदयपुरगढी । नेपाल राष्ट्र बैकको प्रत्येक पालिकामा बाणिज्य बैकका शाखा खोल्ने निर्देशन दिएको चार बर्ष पछि उदयपुरगढी गाउपालिकामा सानिमा बैकले शाखा संचालनमा ल्याएको छ । उदयपुरगढी गाउँपालिकाको केन्द्र उदयपुरगढीमा आज एक समारोह विच गाउँपालिकाका अध्यक्ष मानवहादुर केप्छाकी मगरले शाखाको औपचारिक उद्घाटन गर्नु भयो । राष्ट्र बैकले प्रत्येक पालिकामा बाणिज्य बैकको शाखा खोल्नै पर्ने वाध्यकारी निर्देशन दिएपन...

उदयपुरमा गहना चम्काउने भन्दै सुन चोर्ने दुई भारतीय पक्राउ

उदयपुरमा गहना चम्काउने भन्दै सुन चोर्ने दुई भारतीय पक्राउ
उदयपुर । उदयपुर प्रहरीले सुनका गहना सफा गरी दिने बाहानामा ठगी गरेको आरोपमा दुई जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार सहरसा बस्ने वर्ष ४५ को अरुण साह र बिहार सुपौल बस्ने वर्ष ३० को हरिराम साह रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका भारतीयहरुले त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा स्थानीय ताराबहादुर राईको घरमा गई सुन सफा गरिदिने बाहानामा केमिकल प्रयोग गर...

उदयपुरमा २१ करोड ५३ लाख मूल्य बराबरको धानबाली नष्ट

उदयपुरमा २१ करोड ५३ लाख मूल्य बराबरको धानबाली नष्ट
उदयपुर । धान काट्ने तयारी गर्दै गर्दा एक्कासी आएको वर्षात र हावाले उदयपुरमा २१ करोड ५३ लाख मूल्य बराबरको धानबाली नष्ट भएको छ । सरकारले धानबालीको तथ्याङ्क संकलन गर्न दिएको निर्देशन बमोजिम संकलित तथ्याङ्क अनुसार उदयपुरमा २१ करोड ५३ लाख मूल्य बराबरको धान नष्ट भएको छ । कृषि ज्ञान केन्द्र उदयपुरमा वडा वडाबाट संकलित तथ्याङ्क अनुसार १ हजार ३ सय ३८ मेट्रिक टन धान पूर्ण क्षति भएको छ । जसको सरकारले त...

बाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा हरियो बाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाले  अनाहकमा ज्यान गुमाएका छन् । ज्यान गुमाउने रौतामाई गाउँपालिका ८, खमारेका ४१ वर्षीय डम्बर बहादुर मगर हुन् । वडाध्यक्ष टेकबहादुर बलम्पाकीका अनुसार मगरलाई घरभन्दा १५ मिटर टाढा रहेको झ्याँङबाट बाँस काटेर निकाल्ने क्रममा करेन्ट लागेको थियो । काटेको हरियो बाँसले बिजुलीको नाङ्गो तारलाई छोएपछि उनलाई झड्का लागेपछि तत्काल घटनास्थलमा मृत्यु ...

लिम्चुङबुङमा ४१ जना महिलामा पाठेघरको समस्या

लिम्चुङबुङमा ४१ जना महिलामा पाठेघरको समस्या
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेस्रो लिङ्गी सहित ४१ जना महिलाको पाठेघरमा समस्या पत्ता लागेको छ । लिम्चुङबुङ गाउँपालिका महिला शाखाको आयोजना र ओरेक नेपालको सहकार्यमा संचालित महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोगहरु तथा पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा सो समस्या पत्ता लागेको हो । खासगरी महिलाहरुको बच्चादानी (पाठेघर)मा हुने क्यान्सरबाट बँचाउने उदेश्यले अयाोजित श...

प्रभावकारी बन्दै लिम्चुङबुङको अध्यक्ष कृषि परियोजना

प्रभावकारी बन्दै लिम्चुङबुङको अध्यक्ष कृषि परियोजना
उदयपुर । लिम्चुङबुङ गाउँपालिका ३ बाराहा पिप्लेका केशव कुमार खत्रीले आफ्नो फेसबुक वालमा मंगलबार एउटा स्टाटस हाले । स्टाटसमा लेखिएको थियो ‘गाउँघरको स्वछ वातावरणमा उत्पादित लोकल कुखुरा प्रति केजी रु ५५०। बोइलर प्रति केजी रु ३००। आवश्यक परेमा सम्पर्क गर्नुहोला ।’ खत्रीले आफ्नो मोवाईल नम्बर सहित होम डेलिभरी पनि गरिन्छ भनेर लेखेका छन । कुखुरा पालक कृषक खत्रीको स्टाटसमा धेरैले खत्रीको कामको तारिफ गर्दै...

कटारीको पोखरियामा विद्युत र बाटो पुग्यो, स्थानीयबासी हर्षित

कटारीको पोखरियामा विद्युत र बाटो पुग्यो, स्थानीयबासी हर्षित
उदयपुर । उदयपुरको अति विकट कटारी नगरपालिका १ स्थित पोखरिया गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ । पूर्व प्रदेश कृषि सहकारी राज्य मन्त्री कला घले र कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले बुधबार एक कार्यक्रम विच विद्युतको स्विच थिचेर वत्तिको उद्घाटन गरेका थिए । नेपाल विद्युत प्राधिकरण र कटारी नगरपालिकाको सहकार्यमा पहिलो पटक पोखरियामा राष्ट्रिय प्रणालीको विद्युत पु...

उदयपुर सिमेन्ट उद्योगलाई रातोमाटो उत्खन्न गर्नमा रोक लगाए

उदयपुर सिमेन्ट उद्योगलाई रातोमाटो उत्खन्न गर्नमा रोक लगाए
उदयपुर । उदयपुर सिमेन्ट उद्योगलाई रातोमाटो उत्खन्न गर्न स्थानीयहरुले रोक लगाएका छन् । चौदण्डीगढी नगरपालिका ६ सिर्वानी स्थित कुवाखानीमा रहेका १ सय ३१ हेक्टर क्षेत्रफल मध्ये तत्काल १५ हेक्टरबाट रातोमाटो उत्खन्न गर्न उद्योगले प्रक्रिया अगाडी बढाएको छ । त्रियुगा नगरपालिका ६ स्थित चुरे जंगल र त्रियुगा नपा १६ आपसोतको रातोमाटो सकिन लागेको छ । उद्योगलाई त्यस ठाउँहरुको रातोमाटोहरु मुस्किलले १ वर्षको लाग...