उदयपुर । त्रियुगा नगरपालिका गाईघाटले ठूलो संख्यामा करारमा कर्मचारीहरु माग गरेको छ । शुक्रबार उदयपुर सिम्रिक दैनिकमा प्रकाशित नगरपालिकाको विज्ञापन अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको विवरण र तथ्यांक संकलनको लागि ४९ जना करारमा कर्मचारी माग गरेको हो ।
कार्यालय सहयोगीदेखि सर्वेक्षक गरी ४९ जना माग गरेको छ । सर्वेक्षक एक जना, कम्प्युटर अपरेटर ३ जना, अमिन ८ जना, तथ्याङ्क संकलक २४ जना, फिल्ड सहयोगी १२ जना र कार्यालय सहयोगी १ जनाको लागि मंसिर ३ गते शुक्रबारबाट मंसिर १७ गतेसम्मको लागि आवेदन खुल्ला गरेको छ ।
दरखास्त फारम, कार्य विवरण, सेवाका शर्तहरु सहितको विस्तृत विवरण त्रियुगा नगरपालिकाको कार्यालयबाट वा वेवसाइट www.triyugamun.gov.np मा उपलब्ध छ ।









