उदयपुर । नेपाल बार एशोसिएशन उदयपुरले पनि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ । जिल्ला अदालत उदयपुरमा बार एशोसिएशनमा आवद्ध कानुन ब्यवसायीहरुले दुई घण्टा धर्ना दिएका थिए ।
प्रधानन्याधीस जवराको राजीनामा माग गर्दै बारको कार्यालयमा कालो ब्यानर राख्दै हातमा कालो पट्टीसहित जिल्ला अदालतको गेट अगाडी धर्ना दिएका हुन् । बार उदयपुरले आगामी ३० गतेसम्म नियमित दुई घण्टा धर्ना कार्यक्रम राखेको अध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए ।
प्रधानन्यायाधीस जबराको राजीनामाका लागि दवाव सिर्जनाका लागि अदालतको दुई घण्टा इजालस रोकिने गरी धर्ना कार्यक्रम गरिएको हो । उनीहरुले प्रधानन्यायाधीसलाई न्यायालयको मर्यादा राख्न नसकेको विवादितको संज्ञा दिदै ब्यानर राखेका छन् । कानून व्यवसायीको दुई घण्टा धर्नाले अदालती कामकाज प्रभावित भएको छ ।









