उदयपुर । प्रदेश नं. १ का नव नियुक्त भौतिक पुर्वाधार विकास मन्त्री हिमाल कार्कीले अघिल्लो सरकारले सरकारले गरेका निर्णयहरू बदर गर्ने बताउनु भएको छ। मन्त्री कार्कीले तत्कालिन मुख्य मन्त्री भिम आचार्यको सरकारले बजेटको धेरै दुरुपायोग गर्दै बजेटहरु बिनियोजन गरेको, ऐन नियम बिपरित बिभिन्न समितीहरु, खेलकुद समितीहरु गठन गरेको आरोप लगाउदै उक्त सबै योजना र नियुक्ती आफुहरुको सरकारको पहिलो क्याबिनेटको बैठक बाट बदर गर्ने निर्णय गरिएको समेत बताउनु भएको छ।
नेपाली काङ्रेस चौदण्डीगढी नगर कार्यसमितीले आयोजना गरेको कार्यक्रमा मन्त्री कार्कीले आफु कुनै गलत कार्य गरेर समाचार नबन्ने, भ्रष्टचार नगर्ने बताउदै यसको लागी सदैब खबरदारी गर्नको नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नु भएको छ।
नवनियुक्त प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री कार्कीले यस्तो कुरा आज उदयपुर जिल्लाको चौदण्डीगढी नगर कार्यसमितीले राखेको बधाई तथा शुभकामना आदनप्रदान कार्यकरममा बताउनु भएको हो।
मन्त्री नियुक्त हुना साथ आफ्नो गृहजिल्ला आउनु भएका प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री कार्कीले जिल्लाका सबै अधुरो योजनाहरुलाई प्राथमिकताका आधारमा सम्पन्न गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ।









