मुद्दा धाउदाँ धाउदै वित्यो हाम्रो कार्यकाल : काबा अध्यक्ष खड्का
उदयपुर । त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्थां)का कार्यवाहक अध्यक्ष ओम खड्काले आफ्नो कार्यकाल मुद्दा मामिला गर्दा गर्दै वितेको बताएका छन । निवर्तमान अध्यक्ष शंकर बस्नेतले अनावश्यक रुपमा मुद्दा दिएकाले आफ्नो कार्यकाल अड्डा अदालत धाउदा धाउदै वितेको बताएका हुन ।
शंकर बस्नेतले अनावश्यक रुपमा गरेको लेनदेनको कागजले संस्थालाई लेनदेन मुद्दा जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च...













