गाईघाट । नेतृत्व गर्ने व्यक्तिले निस्वार्थ कार्य गर्दा मृत अवस्थाको संस्थाले कसरी पुनःजीवन पाउने रहेछ भन्ने उदाहरण बनेको छ बोक्से स्थित त्रियुगा साना खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था) । पहिले शंकर बस्नेतले नेतृत्व गर्दा र अहिले कार्यवाहक अध्यक्ष ओम खड्का सहितको टीमले नेतृत्व गर्दा साना खानेपानीको स्वरुप नै परिवर्तन भएको महशुस स्थानीय उपभोक्ताले गरेका छन । कुनै समय नगर विकास कोषबाट लिएको ऋण, व्याज र विद्युत प्राधिरणलाई तिर्नुपर्ने महशुल बुझाउन नसकेर कालो सूचीमा परेको ऋण संस्था ऋणमुक्त भई नाफा तर्फ अघि बढेको छ ।

निवर्तमान अध्यक्ष शंकर बस्नेतले गरेको पदको दुरुपयोग र संस्थाको बेथितिको बारेमा उपभोक्ताहरु खुलेर प्रतिक्रिया दिन थालेका छन । शंकर बस्नेतले संस्थालाई निजी आफ्नै गोजीको संस्था जसरी चलाएका थिए तर अहिले अलिकति भएपनि संस्था सिष्टममा चलेको महशुस भएको बोक्से चोकका उपभोक्ता पवन नुरी शेर्पाले बताए ।

‘पहिले धारामा पानी आउने टुङ्गो थिएन कहिले आउथ्यो कहिले आउदैन थियो, त्यसबेलाका अध्यक्ष शंकर बस्नेतको अवस्था भनिरहनु नपर्ला…., अहिलेको समितिले त्यो समस्या करिब करिब अन्त्य गरेको छ ।’ आफु राजा उपभोक्ता रौती जस्तो व्यवहार हुने भन्दै शेर्पाले भने, ‘उनी हिजोको हैकमवादी जस्तो सोच थियो, अहिलेका समितिले काम गर्नु पर्छ र उपभोक्तालाई खुसी बनाए संस्था जिवित रहन्छ भन्ने मान्यताका साथ अघि बढेको पाएको छु ।’

उपभोक्ताहरु पहिले त यो संस्था कहिल्यै सुध्रिदैन भन्ने हामीमा भय थियो तर शंकर बस्नेत हट्ने वित्तिकै यो संस्था पनि सिष्टमले चल्छ भन्ने आशा पलाएको मुक्तकण्ठले प्रंशसा गरेका छन ।

खानेपानीका उपभोक्ता भविन्द्र खत्रीको पनि विचार शेर्पाको जस्तै छ । उनी शंकर बस्नेत खानेपानी समितिबाट विदा हुनु नै उपभोक्ताको भाग्य हो भन्छन । अध्यक्ष बस्नेत भएको भए अहिले सम्म खानेपानी योजना बन्द भई सकेको अवस्था हुने खत्रीले बताए ।

‘निर्वतमान अध्यक्ष बस्नेतले आर्थिक रुपमा खानेपानी संस्थालाई डुबाएर लथालिङ्ग पारेको सबै उपभोक्ताले बुझेका छन ।’ खत्रीले भने, ‘कुनै पनि संस्था टीम स्प्रीडमा चल्नु पर्छ, अहिले शंकर बस्नेत बाहेकको समितिले संस्थाको उद्देश्यलाई पुरा गर्न काम गरेको मैले बुझेको छु ।’ अब हुने अधिवेशनले अहिलेको समितिलाई निरन्तरता दिदा संस्थालाई कुनै नोक्सानी नहुने खत्रीको भनाई छ ।

त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष प्रकास खड्का खानेपानी समितिको वर्तमान कार्यसमिति प्रति आंशिक रुपमा सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन । मुख्य कार्यक्षेत्र मेरो वडावासीलाई खानेपानी सेवा पुर्याउन भएकाले वडा सँग घनिष्ट त नभनौ तर अहिलेको समितिले सहकार्य गरेर नै काम गरेको बताउछन ।

‘खानेपानी समिति र वडा कार्यालय नङ्ग र मासुको सम्बन्ध हुनु पर्ने हो तरपनि वडा कार्यालयले धेरै खानेपानीको गुनासो सुन्नु परेको छैन ।’ वडा अध्यक्ष खडकाले भने, ‘पहिलेका अध्यक्ष हटेपछि संस्थाको अवस्थाको बारेमा के के समस्या आयो भनेर उपभोक्ता स्तरमा वर्तमान कार्यसमितिले कुरा राख्न ढिलो गरेकोले अलिकती उपभोक्तामा भ्रम पैदा भएको छ ।’ कार्यवाहकको जिम्मेवारी लिएपछि संस्थाको बार्षिक साधरण सभा र संस्थाको आय व्यय, मुद्दा मामिला जस्ता कुराहरु समयमै बाहिर ल्याउनु पथ्र्याे, त्यो ढिलो भएको खड्कोले बताए । खड्काले भने ‘म आफै उपभोक्ता अनि जनप्रतिनिधी भएकाले वर्तमान कार्यसमितिले केही संस्थागत सुधार गरेको सुनेको छु, तर आधिकारीक रुपमा आज साधरण सभामा लिपीवद्ध भएर आएपछि थप प्रतिक्रिया दिउला ।’

मुद्दा धाउदाँ धाउदै वित्यो हाम्रो कार्यकाल : काबा अध्यक्ष खड्का

त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्थां)का कार्यवाहक अध्यक्ष ओम खड्काले आफ्नो कार्यकाल मुद्दा मामिला गर्दा गर्दै वितेको बताएका छन ।

निवर्तमान अध्यक्ष शंकर बस्नेतले अनावश्यक रुपमा मुद्दा दिएकाले आफ्नो कार्यकाल अड्डा अदालत धाउदा धाउदै वितेको बताएका हुन ।
शंकर बस्नेतले अनावश्यक रुपमा गरेको लेनदेनको कागजले संस्थालाई लेनदेन मुद्दा जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च अदालत धाउदा प्रयाप्त मात्रामा उपभोक्तालाई समय दिन नसकेको खड्काले बताए ।

‘निवर्तमान अध्यक्ष बस्नेतको अवरोध गर्दागर्दै पनि नगर विकास कोषले संस्थालाई कालो सूचीमा राखेको अवस्थामा मिति २०७३/०३/३१ गते रुपैया एक लाखबाट सुरु गरी हाल सम्म जम्मा एक करोड पचास लाख रकम चुत्ता गरी कालो सूचीबाट हटाईएको छ ।’ अध्यक्ष खड्काले भने ‘ दोस्रो आयोजनाको काम सम्पन्न गरी प्रति सेकेण्ड ८ लिटर बढाई प्रतिसेकेण्ड २१ लिटर वनाई पानी वितरण कार्य सहज वनाईएको छ ।’
त्यतीमात्र होईन हामीले खानेपानी सम्हाल्दा विद्युत प्राधिकरणको महशुल भुक्तानी नगरेर लाईन नै थिएन खडकाले भने । आफू मात्रै नभएर सिंङ्गो समिति मिलेर हामीले संस्थालाई सिष्टममा चलाउने प्रयास गरेका छौ ।

अहिले ई–बैङ्किङ संचालनमा ल्याईएको मिटर रिडर विलिङ सिस्टम सञ्चालन गरिएको छ भने अस्थाई कर्मचारीलाई स्थायी गरी समय अनुसार कर्मचारीको तलब बृद्धि गरिएको छ ।

तपाईको प्रतिक्रिया