उदयपुर । उदयपुरमा वन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मितिमा अदालतबाट फैसला भई कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत पक्राउ गरेको हो ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले उदयपुरगढी ६ भमरे बस्ने वर्ष ५८ का भक्त बहादुर खड्कालाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ परेका खड्कालाई उदयपुर जिल्ला अदालतको गत २०७४ फगुन १५ गतेको फैसलाले वन सम्बन्धी मुद्दामा एक महिना कैद र ३५ लाख ४२ हजार २४५ जरिवान गरी फैसला गरेको थियो । पक्राउ परेका खड्कालाई आवश्यक कारवाहीको लागि अदालत पठाइएको जानकारी दिइएको छ ।









