उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संगठन विस्तारलाई तिव्रता दिइएको छ । भदौं २ गतेबाट नेकपा एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनाल सहितले नेकपा एस निर्वाचन कार्यालयमा दर्ता गरेपछि स्थानीय तहदेखि वडा वडामा कार्यकर्ता भेलाको आयोजना गर्दै कमिटी विस्तारलाई निरन्तरता दिइएको छ ।
त्रियुगा नगरपालिका ६ मा कुन्जीलाल चौधरीको अध्यक्षतामा ७५ सदस्यीय वडा कमिटी गठन भएको छ । उपाध्यक्षमा क्रमशः अश्विन कुमार कार्की, गीता कुमारी चौधरी, शम्भु बि. क. र हरि बहादुर परियार रहेको त्रियुगा नगर कमिटीका सचिव राकेश चौधरीले जानकारी दिए ।
सचिवमा मनोज कुमार चौधरी, उपसचिवमा क्रमशः कालिदास भट्टराई र मो. अजिमुदिन राईन रहेका सचिव चौधरीले बताए ।
कार्यक्रमको अध्यक्षता केन्द्रिय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष राममणि पोखरेल, केन्द्रिय सदस्य दुर्गा परियार र सुनिता चौधरी, प्रदेश सदस्य विक्रमी चौधरी, जिल्ला सचिव जयराम पंजियार, पशुपति चौधरी लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा २५० भन्दा बढीको सहभागीता रहेको नगर सचिव चौधरीले बताए ।
यस्तै कटारी नगरपालिका १० मा नेकपा एमाले, माओबादी र काँग्रेस परित्याग गरि दुई सय बढी कार्यकर्ता नेकपा (एकीकृत समाजवादी )मा प्रवेश गरेको छ । नव प्रवेशीलाई पार्टीका केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडाले टीका लगाई स्वागत गरेका थिए । भिम बहादुर मगरको अध्यक्षतामा ७५ सदस्यीय वडा कमिटी गठन भएको कटारी नगर अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया