उदयपुर । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न खबरदारी गर्दै उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार प्रदर्शन भएको छ । उदयपुरमा ६ दलका प्रदर्शनकारीहरुले एमसिसीविरुद्ध नाराबाजी गर्दै गाईघाट परिक्रममा गरेका हुन् ।
प्रदर्शनकारीहरुले राष्ट्रघाती एमसिसी परियोजना खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं सहितको प्लेकार्ड र व्यानर बोकेर बजार परिक्रमा गरेका हुन् ।

एमसिसी विरुद्धको प्रदर्शनमा विप्लब निकट नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, राष्ट्रि जनमोर्चा नेपाल र देशभक्त गणतान्त्रिक मोर्चा नेपालले प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया